घोषणा पत्रमा उल्लेख गरेका सतप्रतिशत काम गरेको छु: पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राई


भोजपुर, १० बैशाख । पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले घोषणा पत्रमा भएको सत प्रतिशत काम सम्पन्न गरेको दावी गरेका छन् । जनताको चाहना अनुसारको यस पाँच वर्षे समय अवधीमा सडक, विद्युत्, शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि पर्यटन, खेलकुद लगाएतको क्षेत्रमा उल्लेखनिय काम गरेको अध्यक्ष राईको भनाई छ । ठूला बहुवर्षीय योजनाहरुको डिपिआर तयार गरेर योजना बद्धरुपमा काम भईरहेको अध्यक्ष राईले बताए । अध्यक्ष राईले भने ‘ कोरोना संक्रमणको कारण हामीले सोचअरुपको गतिमा काम गर्न पाईएन तरपनि जनता सामु गरेका प्रतिवद्धता पुरा गरेका छौं । ’

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार