भोजपुरमा करिव ४५ हजार बालबालिकालाई टाइफाइड रोग विरुद्धको खोप लगाइने


भोजपुर, १९ चैत । भोजपुरमा करिव ४५ हजार बालबालिकालाई टाइफाइड रोग विरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको देशभरका बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने अभियान अन्तरगत भोजपुरमा पनि १५ महिना देखी १५ बर्ष उमेर समुहका बालबालीकाहरुलाई उक्त खोप लगाईने भएको हो । यहि चैत २५ देखि चैत मसान्त सम्म जिल्लाका बालबालीकाहरुलाई टाइफाइड विरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख सुमन तीवारीले बताए ।

भोजपुर जिल्लामा रहेका ९ वटै स्थानीय तहका गरि करीब ४५ हजार बालबालीकालाई खोप लगाईने लक्ष्य रहेको प्रमुख तिवारीले बताए । खोप अभियानका लागि साल्पासिलिछो गाउँपालिकामा २८, षडानन्द नगरपालिकामा ६९, भोजपुर नगरपालिकामा ५१, अरुण गाउँपालिकामा ३७, पौवादुङमा गाउँपालिकामा ३६, टेम्केमैयुङ गाउँपालिकामा ४२, रामप्रसादराई गाउँपालिकामा ३५, हतुवागढी गाउँपालिकामा ४० र आमचोक गाउँपालिकामा ४३ गरि जम्मा तीन सय ८१ खोप केन्द्र तोकिएको छ । खोप अभियानमा पाँच सय ३५ स्वास्थ्य कर्मीले र नौ सय ९६ स्वयमसेवकले सेवा दिने स्वास्थ्य प्रमुख तिवारीको भनाई छ ।

तिवारीका अनुसार यसअघि भोजपुरमा बालबालीकाहरुलाई नियमित रुपमा १२ प्रकारका रोगहरुको मात्र खोप लगाउने गरिएको थियो, । तर अब भने टाइफाइड बिरुद्धको खोप पनि नियमित खोप कार्यक्रम अन्तरगत नै समाबेश गरिने कार्यक्रम मार्फत बताईएको छ ।

जिल्लाका सम्पुर्ण बालबालिकाको लागि बिद्यालयमै पनि खोप लगाईने स्वास्थ्य कार्यालयले जनाएको छ । टाइफाइड बिरुद्धको खोप अत्यन्तै प्रभावकारी रहेकाले बालवालीकाहरुलाई तोकिएको मिती र खोप केन्द्रमा लगेर खोप लगाउन स्वास्थ्य सेवा कार्यालय भोजपुरले आग्रह समेत गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार