भोजपुरमा एक लाख २५ मतदाता सहभागी हुँदै


भोजपुर, १६ चैत ।
बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा भोजपुरबाट एक लाख बढी मतदाता सहभागी हुने भएका छन् । जिल्ला निर्वाचन कार्यालय भोजपुरका अनुसार यो निर्वाचनमा एक लाख २५ हजार ७०४ जना सहभागी हुने भएका हुन् ।
आसन्न निर्वाचनमा ६० हजार ७०४ जना महिला, ६५ हजार २२१ पुरुष र एक जना तेस्रो लिङ्गी सहभागी हुने भएका छन् । निर्वाचन आयोगले चैत १३ गते मतदाताको नामावली टुङ्ग्याएको हो । यहाँ महिला भन्दा पुरुष मतदाता चार हजार ५१७ बढी रहेका छन् ।
कार्यालयका अनुसार सबै भन्दा बढी षडानन्द नगरपालिकामा २१ हजार ७९७ जना रहेका छन् भने सबैभन्दा कम साल्पासिलिछो गाउँपालिकामा आठ हजार ७५४ जना मतदाता छन् । यस्तै भोजपुर नगरपालिकामा १९ हजार ४९०, हतुवागढी गाउँपालिकामा १४ हजार १८० जना मतदाता रहेका छन् ।
यस्तै टेम्केमैयुङ गाउँपाकिलामा १३ हजार ६१८, अरुण गाउँपालिकामा १२ हजार ८३६, आमचोक गाउँपालिकामा १२ हजार ५४४, रामप्रसादराई गाउँपालिकामा ११ हजार ७७२ रपौवादुङमा गाउँपालिकामा १० हजार ७२५ जना मतदाता रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार