खेलक्षेत्रबाट नै खेलाडीको भविष्य उज्वल बनाउँछौँ : एमाले नेता शेरधन राई


भोजपुर, २ पौष । प्रदेश १ का पूर्वमुख्यन्त्री तथा एमाले नेता शेरधन राईले खेल क्षेत्रबाट नै खेलाडीको भविष्य उज्वल बन्ने बताएका छन् । संघीयता कार्यान्वयन भएपछि तीन तहको सरकारको प्राथमिकतामा खेल क्षेत्र रहेकोले खेलाडीहरुको उज्वल भविष्यसँगै देशको विकासमा समेत योगदान गर्न सकिने उनले बताएका हुन् । विहिबार आमचोक गाउँपालिकामा भएको खेलकुद कार्यक्रमलाई सम्वोधन गर्दै राईले यस्तो बताएका हुन् ।

नेता राईले भने,‘ तीन तहको सरकारको प्राथमिकतामा खेल क्षेत्र परेको छ । अहिले देशैभरि यस्ता प्रतियोगिता भईरहेका छन् । खेलक्षेत्रमा नेपालले निकै ठुलो फड्को मारिसकेको छ । धेरै अन्तराष्ट्रियस्तरका पदक दिलाएर खेलाडीहरुले नेपालको नाम विश्वमा चम्काएका छन् । त्यसैले अव खेलक्षेत्र ओझेलमा पर्दैन । अव सबै खेलाडी साथीहरुले आफूलाई व्यवसायिक ढंगले अगाडी बढाउनुहोस् तपाइहरुको उचित कदर हुन्छ, उचित मुल्याङ्कन हुन्छ । तपाईहरुलाई खेलकुद क्षेत्रबाट मुलुकको विकास समृद्धिमा योगदान गर्ने अवसर मिल्नेछ ।’’

षडयन्त्रमुलक ढङगले जनताले छानेको लोक प्रिय ओली सरकार ढालिएकोले आगामी चुनावपछि एमाले नेतृत्वको सरकार बन्ने राईले दावी गरे । नेता राईले भने,‘हामीले केहि निराश हुनु पर्ने अवस्था छैन । राजनितिमा केहि तलवितल भएको छ । जनताले चुनेको सरकार केन्द्रमा ढलेको छ, प्रदेशहरुमा पनि ढलेका छन् । अध्यादेश र परामदेशबाट सरकार बनेका छन् । तर चुनाव नजिक आदैछ । जनताले फैसला गर्ने अवसर आउदैछ । केहिबात छैन, अहिले हामी धैर्यताका साथमा प्रतिपक्षमा रहेर जनताको सेवा गर्न चाहन्छौँ ।’

जिल्लामा सञ्चालनमा रहेका सबै योजनालाई पूर्णता दिनमा आफू लागि परेकोसमेत राईले बताए । यहाँ थालिएका विकास निर्माणका कामलाई समयमा सम्पन्न गराउन भूमिका खेलिरहेकोले जनतालाई के हुन्छ भनेर विचल्लित नहुनसमेत आग्रह गरे । ‘यहाँको आवश्यकता र जनताको मागका आधारमा मैले थालेका काम पूर्णरुपमा सम्पन्न हुनेछन् । हामी अगुवाई गरेर ती कामहरुलाई तोकिएको समयमा सम्पन्न गराउन भूमिका खेल्नेछौँ । हामी गलत बाटोमा छैनौँ । अवको चुनावमा हामीले जित्ने हो । जनताको विकास र समृद्धिको चाहना हामीले पुरा गर्ने हो’ नेता राईले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार