सानिमा लाइफ इन्स्योरेन्सको आईपीओमा पहिलो दिनमै ९१ लाख ९६ हजार ३८० कित्ताका लागि पर्‍यो आवेदन


साउन २१, काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ पहिलो दिनमै सम्पूर्ण विक्री भएको छ । कम्पनीको शेयर साढे २ बजेसम्ममा ५ लाख ५४ हजार ५८७ जना आवेदकबाट ९१ लाख ८६ हजार ३८० कित्ता लागि आवेदन परेको विक्री प्रबन्धक प्रभु क्यापिटलले बताएको छ । कम्पनीले बुधवारदेखि ६० लाख कित्ता आईपीओ निष्कासन गरेको हो । कम्पनीले जसमध्ये ५ प्रतिशत अर्थात् ३ लाख कित्ता कर्मचारीको लागि, ३ लाख कित्ता कर्मचारीको लागि र बाँकी रहेको ५४ लाख कित्ता आईपीओ सर्वसाधारणको लागि निष्कासन गरेको हो । उक्त आईपीओमा आवेदकले न्युनतम १० कित्ता र अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले निष्कासन गरेको आईपीओलाई केयर रेटिङ नेपालले इक्रा एनपि त्रिपल रेटिङ प्रदान गरेको हो ।यस्तो रेटिङले कम्पनीको दायित्व बहन गर्ने क्षमता औषत रहेको देखाँउछ । हाल कम्पनीको चुक्तापूँजी रू। १ अर्ब ४० करोड रहेको छ । आईपीओ निष्कासन तथा बाँडफाँट पछि कम्पनीको पूँजी रू। २ अर्ब पुग्नेछ । आवेदकले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि आस्बा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालय तथा मेरो शेयरबाट आवेदन दिन सक्नेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार