भगवती स्पोर्टस् क्लब खोटाङ भोजपुर गोल्डकपको सेमिफाइनलमा


भोजपुर ५ बैशाख । खोटाङको भगवती स्पोर्टस् क्लब भोजपुर गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ । आइतबार भएको उद्घाटन खेलमा सुनसरीको धरान फुटबल क्लबलाई टाइब्रेकरमा ३–० ले हराउँदै भगवती स्पोर्टस् अन्तिम चारमा पुगेको हो । टाइब्रेकरमा नायक रहे भगवतीका गोलकिपर रेम्बो चौधरी । उनले विपक्षीका २ प्रहारलाई विफल पारेका थिए । विनोद राई र तपन कार्कीको प्रहारलाई रेम्बोले रोकेका थिए । मिलन लिम्बुको प्रहार भने बाहिरिएको थियो । भगवतीका लागि दीपेश धिमाल, सन्जोक राई र सुनील राईले गोल गरे ।

त्यसअघि निर्धारित समय १–१ को बराबरीमा टुंगिएपछि पेनाल्टी सुट आउटमा भगवतीले बाजी मारेको थियो । १–० ले पछि परेको खेल उल्टाउँदै भगवतीले जित निकालेको थियो । तपनको गोलमा धरानले २१ औं मिनेटमा खेलमा अग्रता लिएपनि त्यसलाई जोगाउन सकेन । २८ औं मिनेटमा भगवतीका शरद राईले गोल गर्दै टोलीलाई खेलमा फर्काएका थिए । म्यान अफ दी म्याच घोषित भगवतीका गोलकिपर रेम्बोले ३ हजार ५ सय रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको उद्घाटन अखिल नेपाल फुटबल संघ ९एन्फा० का अध्यक्ष कर्मा छिरिङ शेर्पाले गरेका थिए । जसमा भोजपुर , सुनसरी, खोटाङ , धनकुटा,मोरङ, इलाम, रूपन्देहीका क्लब र अफ्रिकन रूट्स एसोसिएसनले प्रतिस्पर्धा गर्नेछन् । झन्डै ३५ लाख रुपैयाँ खर्च हुने प्रतियोगिताको विजेता टोलीले उपाधिसहित ५ लाख, दोस्रो टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् । भोजपुर नगरपालिकाको मुख्य प्रायोजना गरेको प्रतियोगिता वैशाख ११ गते सम्म चल्ने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार