अन्तरिक्षमा विशाल विष्फोटको प्रमाण फेला


काठमाडौं, १६ फागुन । वैज्ञानिकहरूले अन्तरिक्षमा भएको एउटा विशाल विष्फोटको प्रमाण फेला पारेका छन् । पृथ्वीबाट ३९ करोड प्रकाश वर्ष टाढा भएको विस्फोट यसअघिका कुनैपनि विष्फोटभन्दा पाँच गुणा ठूलो रहेको बताइएको छ ।

एउटा अत्यधिक ठूलो ‘ब्ल्याक होल’बाट ठूलो मात्रामा शक्तिशाली ऊर्जा निस्किएपछि विस्फोट भएको वैज्ञानिकहरूले बताएका छन् । विस्फोटले ओफिउकस ग्यालेक्सी समूहमा विशाल भ्वाङ पारेको थियो । वैज्ञानिकहरूले विष्फोटसम्बन्धी निष्कर्ष ’एस्ट्रोफिजिकल जर्नल’मा प्रकाशित गरेका हुन् ।

वैज्ञानिकहरूले ओफिउकस ग्यालेक्सी समूह केही अनौठो रहेको मान्दै आएका थिए । यो समूहमा हजारौँ ग्यालेक्सीहरू तातो ग्यास र ‘डार्क म्याटर’ले बाँधिएर रहेको मानिन्छ ।

पृथ्वीबाट टेलिस्कोपहरूले एउटा घुमाउरो किनारा देखेका थिए जसलाई वैज्ञानिकहरूले एउटा ब्ल्याक होलबाट ग्यास उत्सर्जन हुने खोक्रो स्थानको भित्ता रहेको हुनसक्ने अनुमान गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार