भोजपुर हातेमालो सेवा समाज युएईले पहिरोमा ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग गर्ने


युएई, २३ साउन ।
भोजपुर हातेमालो सेवा समाज युएईले भोजपुरमा केहि समय अगाडी पहिरो परि ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग संकलन अभियान थालेको छ ।

‘भोजपुरेको एकता,सामाजिक सेवा र सहकार्य हाम्रो आवश्यकताूूू भन्ने मूल नाराका साथ भोजपुरबाट वैदेशिक रोजगारीको सिलसिलामा युएईमा भएकाहरुले सहयोग रकम संकलन  थालेका हुन् ।  । समाजले जिल्लामा दैवीप्रकोपका कारण पहिरोमा परी ५ जाना को ज्यान गएको मा मृत आत्मा प्रति हार्दिक श्रद्धाञ्जली , घर परिवार प्रति सकुकल साथै सोच्ने शक्ति मिलोस र घाइते प्रति सिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
भोजपुर जिल्लामा पहिरोमा परी असार २८गते ट्याम्के मैयुङ्ग गाउँपालिका वाड नं ९ लेखर्रक ओइराङ का १४ वर्षीया बालक जनक विक ,रामप्रसाद राई गाउँपालिका वाड नं ७ बासीखोराका ६६ वर्षीया जगत बहादुर राई र रामप्रसाद राई गाउँपालिका वाड नं ५ मानेभ्ज्याङ का स्थानीय कुमार राई कि श्रीमती मन कुमारी राई ३५ वर्षीया, १७ वर्षीया छोरा शिव कुमार राई, १५वर्षीय छोरा शक्ति कुमार राई को ज्यान गएको थियोपीडित परिवारले स्वदेश तथा विदेशबाट आर्थिक सहयोगको अपेक्षा गरिरहेका छन तर पनि ,कहीँ कतै बाट पनि सहयोग को पहल नभएकोले यस भोजपुर हातेमालो सेवा समाज युएई ले मृतक परिवारलाई केही आर्थिक सहयोग जुटाउने अभिप्राय लिई भोजपुर हातेमालो सेवा समाज युएई को आकस्मिक बैठक बसी पहिरो मा परी ज्यान गुमाउनेहरु को परिवार लाई केही आर्थिक सहयोग गर्ने निणय गरेको छ साथै सकेको सहयोग गर्न सबै नेपाली दाजु भाई तथा दिदी बहिनी हरु लाई अपील गर्दै मृतक का परिवार लाई केही राहत होस भनी आर्थिक सहयोग गर्ने सस्थाका केन्द्रिय अध्यक्ष भिम थापा ले बताउनु भयो यसै गरि सस्थाको प्रमुख सल्लाहकार ज्ञानेन्द्र बहादुर राइले उक्त सहयोगले सम्बन्धित निकायको ध्यान जाने कुरा बताउँदै सबैलाई जागरुक हुन हाम्रो संस्था ले गरेको सानो आर्थिक सहयोग ले सबै निकाय हरुको ध्यान केन्द्रित होस अनि पिढीत लाई केही राहत मिल्ने मा आशावादी रहेको पनि जानकारी दिनुभयो,

साथै भोजपुर हातेमालो सेवा समाज ले भइपरि आउने दैबिक प्रकोप तथा आर्थिक पिडित लाई सहयोग गर्दै आएको र आगामी दिनमा पनि गर्ने बरिष्ट उपाध्यक्ष छिरिङ्ग शेर्पा ले जानकारि दिनु भयो,साथै सम्मपुर्ण भोजपुर जिल्ला बासि युएई लाई आफ्नो कर्मथलो बनाएर बस्ने सम्मपुर्ण भोजपुरे लाई साथ सहयोग गर्न अपिल गर्दै समाजले जिल्लामा हुने जस्ता सुकै दैबिक प्रकोप मा साथ सहयोग गर्दै जिल्लाको आर्थित भौतिक सामाजिक प्रयटन शिक्षा स्वास्थ समग्र जिल्लाको बिकास मा टेवाउ पुराउने समाजको उदेश्य रहेको महासचिव रामकुमार तिरुवा ले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार