हलिउडदेखि कलिउडसम्म शिल्पा 


काठमाडौँ । हलिउड र बलिउडको सपना अधिकांश कलाकारले देख्ने गरेका छन् । अभिनेत्री शिल्पा मास्के एक त्यस्ती अभिनेत्री हुन् जसले हलिउडपछि नेपाली फिल्म रोजेकी छन् । हलिउडको सुपरहिट फिल्म ‘डक्टर स्ट्रेन्ज’ अभिनय गरेकी शिल्पा ‘दि ब्रेक अप’ नामक फिल्ममार्फत नेपाली फिल्म अभिनयमा डेब्यु गरेकी हुन् । त्यसपछि उनले ‘कागजपत्र’ नामक चलचित्र गरिन् । तर यी दुवै फिल्मले उनलाई खासै सफलता दिलाउन सकेन ।

शिल्पा अहिले फेरि चर्चामा पनि छिन् । आगामी २७ गते प्रदर्शनमा आउने फिल्म ‘सानो मन’को कारण चर्चामा छाएकी हुन् । फिल्ममा उनको जोडी आयुष्मान देशराज जोशी बनेका छन् । तर जोशीले फिल्म प्रचार प्रसारमा त्यति साथ नदिँदा शिल्पा मात्र सबै मिडियामा पुगिरहेकी छन् ।

‘सबैतिर प्रचारका लागि कुद्नु पर्दा दुःख त हुन्छ नै’ शिल्पाले भनिन्, ‘चारैतिर मिडियामा छाउँदा दुःख त्यसै भुलिँदो रहेछ ।’ ‘सानो मन’ सुयोग गुरुङको निर्देशन रहेको फिल्म होे । यस फिल्मबाट शिल्पा निकै आशावादी पनि छिन् । रोमान्टिक प्रेमकथामा बनेको यो फिल्ममा आयुष्मान आफ्नो फिल्मी रोमान्स राम्रो भएको उनी बताउँछिन् ।

काठमाडौँ नेवार समुदायमा हुर्के पनि उच्च शिक्षा अध्ययनका लागि सन् २००९ मा लन्डन पुगेकी उनी एक समय बिजिनेस म्यानेज्मेन्टमा अध्ययन गर्दागर्दै बिदाको समयमा नेपाल आएकी थिइन् । सोही समय उनले हलिउड फिल्म अभिनय अवसर पाएकी हुन् ।

हलिउड र नेपाली दुवै फिल्म अभिनयको उनीसँग बेग्लाबेग्लै अनुभव रहेको छ । नेपाली फिल्म युनिटभन्दा हलिउड युनिट कामप्रति निकै सजक, अनुसाशित र डेलिकेटेट रहेको उनले बताइन् ।

शिल्पा अब अभिनयको साथसाथै अध्ययन पनि अगाडि बढाउने सोचमा छिन् । अध्यायनको समय मिलाएर लगातार फिल्म अभिनय गर्ने उनको चाहना रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार