पर्खाल भत्किँदा १५ व्यक्तिको मृत्यु


पश्चिम भारतमा रहेको एक अपार्टमेन्ट भवनको पर्खाल भत्किदाँ कम्तीमा १५ व्यक्तिको मृत्यु भएको छ । यस दुर्घटनामा चार बालबालिकासहित १५ व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

निमार्णाधिन काममा सलग्न रहेका कामदार सुतिरहेको स्थानमा यो पर्खाल भत्किाँदा १५ व्यक्तिको मृत्यु भएको छ । यस दुर्घटनामा घाइते भएका दुई व्यक्तिको अस्पतालमा उपचार भइरहेको स्थानीय प्रहरी अधिकारीले एएफपी समाचार

समितिलाई जानकारी दिएको छ । भारी वर्षाको कारण कमजोर भएको पर्खाल भत्किएको सो भग्नावशेषमा जीवितै व्यक्ति छ कि भनेर खोजी कार्य भइरहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार