उत्तर कोरियाका अनौठा आविष्कार ह्याङ्गओभर नहुने रक्सीदेखि इन्टरनेट मुक्त ट्याबलेटसम्म

विश्वभरका मिडियामा उत्तर कोरिया तब छाउँछ जब उसले कुनै आणविक हतियारको परीक्षण गर्दछ ।

तर स्वयं उत्तर कोरियामा रहेका स्थानीय मिडियाहरुको कुरा गर्नेहो भने अवस्था फरक छ ।

स्थानीय मिडियाहरुमा ती उत्तर स्वदेशी वैज्ञानिकहरुको उपलब्धीका बारेमा निकै नै बखान गरिएको हुन्छ, जसको आविष्कार निकै आकर्षक सुनिन्छ । तथापि स्थानीय मिडियामा बखान गरिने त्यस्ता आविष्कारका कुरा साँचो हुन् वा अफवाह मात्र हो, त्यसको सत्यता कसैलाई थाहा हुँदैन ।

उत्तर कोरियाका केही यस्ता अनौठा तथा चर्चित आविष्कार यस्ता छन्ः

ह्याङ्गओभर फ्री रक्सी स् द प्योंगयांग टाइम्समा गत वर्ष छापिएको समाचार उत्तर कोरियाली वैज्ञानिकहरुले यस्तो रक्सी तयार पारेका छन् जसलाई ह्याङ्गओभर फ्री रक्सी भनिन्छ । यो रक्सी पिउँदा अरु रक्सीले जस्तो ह्याङ्गओभर गराउँदैन । यसमा ३०–४० प्रतिशतसम्म अल्कोहल हुन्छ र यो स्थानीय रुपमा पाइने औषधीय वनस्पती जिनसेंग र चामलबाट बनाइएको हुन्छ । जिनसेंगमा भएको औषधिय गुणले गर्दा यो रक्सी पिउँदा ह्याङ्गओभर नहुने दाबी गरिएको छ ।

धुम्रपान प्रतिरोधी औषधि

धुम्रपान रोक्नका लागि उत्तर कोरियाली वैज्ञानिकहरुले सन् २०११ मा विशेष खालको धुम्रपान प्रतिरोधी चक्कीको आविष्कार गरेको दाबी गरेका थिए । यसले धुम्रपानको लत छोडाउने होइनकी धुम्रपानबाट सरीरमा प्रवेश गरेका विषाक्त पदार्थहरुलाई निर्मलीकरण गर्दछ । यसमा जिनसेंगका अलावा अन्य विभिन्न औषधिय तत्वहरुका साथै क्यान्सर प्रतिरोधी तत्वहरु समेत मिसाइएको दाबी गरिएको छ ।

मृगौलाको चमत्कारी औषधि

उत्तर कोरियाली समाचार एजेन्सीका अनुसार मृगौलाको समस्या समाधानका लागि एक चमत्कारी औषधि पत्ता लगाइएको छ । उक्त औषधि प्रोटोपोरफिरीन बायोकेमिकल हो, जुन जनावरको रगतबाट बनाइन्छ । यसबाट हेपाटाइटिस, सिरोसिस लगायतका रोगको पनि उपचार गर्न सकिन्छ ।

बुद्धिबर्धक पेय

उत्तर कोरियाली मिडियाहरुका अनुसार स्याउ, नासपाती र स्ट्रबेरीको स्वादमा तयार पारिएको उक्त पेय पदार्थले मस्तिष्कका कोशिकाहरु बढाउनमा सहयोग गर्दछ । उक्त क्रान्तिकारी पेय पदार्थले मस्तिष्क तेज बनाउन तथा स्मरणशक्ति बढाउन मद्धत गर्दछ । साथै यसले मुटुरोग र अनुहारमा चाउरी पर्नबाट पनि रोक्दछ ।

इन्टरनेट फ्री ट्याबलेट

उत्तर कोरियाली यस्तो ट्याबलेट बनाएको छ जुन एन्ड्रोइड फोर अपरेटिङ सिस्टमबाट चल्दछ र त्यसमा केवल उत्तर कोरियाको इन्टरनेटमात्र चल्दछ । त्यसमा उत्तर कोरियाली समाचार एजेन्सी, मुख्य पत्रिका तथा सरकारी टेलिभिजनका एप इनबिल्ट राखिएको छ । त्यसमा रहेको टिभी ट्यूनरमा केव सरकारी च्यानल मात्र आउँछ । उत्तर कोरियाली नागरिकलाई इन्टरनेट चलाउन प्रतिबन्धित छ । उनीहरु यसमा युट्युब र जिमेल खोल्न सक्छन् तर त्यसको प्रयोग केवल एंग्री बर्डस् गेम खेल्नमात्र गरिन्छ ।

बीबीसी