कृषि विकास वैकले २१ प्रतिशत लाभांश दिने

काठमाडौं १८ पौष ।

कृषि विकास बैंकले २० प्रतिशत बोनस र १.०५ प्रतिशतको दरमा नगद लाभँंश दिने भएको छ । बैंकको सोमबार साँझ बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैंकले नेपाल सरकारको स्वामित्वमा रहेको फिर्ता नहुने अग्राधिकार सेयरमा पनि ६ प्रतिशतको दरमा नगद लाभांश दिने प्रस्ताव गरेको छ ।