१५ वर्षपछि केडिया समूहको प्रधान कार्यालयमा श्रीमद्भागवत् महापुराण

काठमाडौं १२ कार्तिक ।
नेपालको एक प्रतिष्ठित औद्यागिक घराना केडिया समूहको प्रधान कार्यालय कालिमाटीमा श्रीमद्भागवत् महापुरुण कथा कार्यक्रमको आयोजना गरिएको छ ।

२०७४ कात्तिक १२ गते आइतवारदेखि एक सप्ताहसम्म भागवत् गीता यज्ञ पुरायण शुरु भएको छ । आज भन्दा १५ वर्ष पहिले स्व. शंकरलाल केडियाको संरक्षकत्व र मनोजकुमार केडिया एवं श्रीमती सविता केडियाको प्रमुख यजमानत्वमा कालिमाटीमा भागवत् सप्ताह सम्पन्न भएको थियो ।

भारत वर्षका सुप्रसिद्ध कथा बाचक देश विदेशमा समेत कथा वाचन गरी प्रसिद्धि कमाइ सकेका राजकुमार मिश्रबाट कथा वाचन हुनेछ । यस पटक केडिया समूहका निर्देशक रतन लाल केडिया र उनकी धर्मपत्नी श्रीमती रीता केडिया प्रमुख यजमान रहेका छन् । केडियाले यो सप्ताह ज्ञानयज्ञ आफ्नो परिवारको मात्र नभई समस्त जगत कल्याण र शान्त्तिका लागि आयोजना गरिएको उल्लेख गरे ।

यस्तै, १५ वर्ष पहिलेको भागवत् कथा वाचनको स्मरण गर्दै उद्योगी तारा चन्द केडियाले श स्व. शंकरबाबुको भविष्यवाणी साकार भएको बताए ।