‘भोजपुर हातेमालो सेवा समाज युएइ’ले तीन स्वास्थ्य सस्थालाई ह्वील चियर वितरण गर्ने ..

भोजपुर, १८ पौष ।

  ‘भोजपुर हातेमालो सेवा समाज युएई’ले जिल्लाका तीन ओटा स्वास्थ्य सस्थालाई ह्वील चियर वितरण गर्ने भएको छ । युएईमा वस्दै आएका नेपालीहरुले संकलन गरेको रकमबाट जिल्ला अस्पताल भोजपुर, प्राथमिक स्वास्थ्य केन्द्रहरु दिंला र घोडेटारलाई ह्वील चियर, लगाएतका सामग्री वितरण गर्न लागेको समाजले जनाएको छ ।

वितरण गर्न लागेको पाँच ओटा चियर मध्ये जिल्ला अस्पताल भोजपुरलाई तीन, प्राथमिक स्वास्थ्य केन्द्र घोडेटार र दिंलालाई एक/ एक ओटा वितरण गर्ने युएईबाट क्षेत्रिय अध्यक्ष छिरिङ्ग शेर्पाले जानकारी दिए।

विरामी, अक्तत तथा वृद्ध वृद्धालाई सहयोग पु¥याउले उद्धेश्यले उक्त सामग्रीे वितरण गर्न लागेको समाजले जनाएको छ । ह्वील चियर खरिद गरेर भोजपुर पठाउने अन्तिम अबस्थामा रहेकाले अव चाडै नै वितरण गर्ने अध्यक्ष शेर्पाको भनाई छ ।