लोकतान्त्रिक भर्सेज कम्युनिस्ट पार्टी

नेपाली काङ्ग्रेस आफूलाई समाजवादको संवाहक ठान्छ । उसले पटक पटक सरकार र सत्तामा बसेर देशको नेतृत्व गरिरहेको छ । नेपाली राजनीतिमा निकै ठूलो प्रभाव पारेको नेपाली काङ्ग्रेस बीपीले प्रतिपादन गरेको समाजवादको वकालत गरिरहेको छ । भलै त्यसको पृष्ठभूमि र त्यसको औचित्य पुष्टि गर्नुभन्दा पनि एकतन्त्र राज गर्न मस्त छ । उसले आफ्नै निरन्तरतालाई नै लोकतन्त्रको मूल मर्म सम्झिएको पाइन्छ । पटक पटक प्रधानमन्त्री हुनुलाई नै लोकतन्त्रको मूल मन्त्र सम्झने नेपाली काङ्ग्रेस समाजवादतर्फ उन्मुख हुनभन्दा पनि पद, शक्ति र सत्तामा नै लिप्त रहेको देखिन्छ । अहिले यही सत्ताको झिनाझुम्टीमा नै रुमल्लिनु नै नेपाली काङ्ग्रेसको समाजवाद बनेको छ ।

राणा शासनको अन्त्य र लोकतन्त्रको उदयपछि नेपालको राजनीतिमा विभिन्न राजनीतिक दलले दलीय पसल खोले । त्यसको मूल आशय भनेको जसरी पनि सत्ता र सरकारमा जाने र हालीमुहाली गर्ने बनिदियो । राजनीतिक दलको मुख्य अभिभारा खोज्नेभन्दा पनि सत्ता केन्द्रित भएर राजनीतिलाई नै दूषित बनाइदियो । विभिन्न चरणमा भएका राजनीतिक आन्दोलनले अन्य ससाना दलहरूको जन्म भयो । लोकतन्त्रमा लोक कल्याणकारी क्रियाकलाप नै सर्वोपरी ठानिने हँुदा त्यसको दुरुपयोग गर्दै गठन गरिएको राजनीतिक पार्टीको क्रियाकलापले राजनीतिको त्यो अभीष्टलाई नै सखाप पारिदियो । नेपाल जस्तो सानो देशमा पनि सयौँ राजनीतिक दलको स्थापना हुनु देश र जनताका लागि नभै व्यक्तिगत स्वार्थका लागि थियो भन्ने सिद्ध गरिदियो । यो नेपालका सन्दर्भमा अत्यन्त हानिकारक बनिदियो ।

०५२ सालको जनआन्दोलनबाट स्थापित भएको समावेशी, समानुपातिक प्रणालीले नेपालको राजनीतिमा सबैको समान सहभागिताको धेरैथोरै प्रतिनिधित्व भए पनि त्यसका परिणाम सरकार बनाउने र ढाल्ने अवस्थामा मात्र केन्द्रित हुन पुग्यो । यसले यो एक दशकमा अनगिन्ती सरकार बनाउने र गिराउने खेलको सुरुवात भयो । सरकार र राज्यमा सबैको समान अधिकार सुनिश्चितताका लागि बनाइएको समावेशी र समानुपातिक राज्य व्यवस्था प्रणालीको मूल मन्त्र के हो भन्ने कुरामा कोही पनि जिम्मेवारी देखिएनन् । जिम्मेवारी त केवल सत्ता र स्वार्थमा केन्द्रित बनिदियो । यसैको परिणाम नेपालको राजनीति झन् अधोगतितर्फ लाग्यो । जुन नेपालको राजनीतिमा घातक सिद्ध बनिदियो । यही बीचमा देश र जनताका लागि गठन गरिएको दाबी गर्ने राजनीतिक दलहरू च्याउसरी जन्मन थाले । राजनीतिक दस्तावेजमा देश र जनताको मुक्ति हकहित र उत्थानका ठूला ठूला कुरा गर्ने राजनीतिक दलहरू व्यक्ति परिवारवादमा रम्न थाले र त्यसलाई नै समावेशी र लोकतन्त्रको सुन्दर पक्ष दाबी गर्न थाले ।

स्थानीय तहको निर्वाचन सकेर दशैँको समयमा देशमा कम्युनिस्ट पार्टीहरूले एउटै कम्युनिस्ट पार्टी बनाउने उद्घोषका साथ वाम तालमेल भयो । अचानक सतहमा आएको उक्त वाम एकताले देशमा मात्र होइन अन्तर्रा्ष्ट्रिय जगतमा समेत हल्लिखल्ली भयो । नेपालका सन्दर्भमा करिब करिब कम्युनिस्टको पैँसठ्ठी प्रतिशत राजनीतिक अवस्था भएको सन्दर्भमा पनि लोकतन्त्राकि राजनीतिक दलहरूको कठपुतली बन्नुपर्ने यथार्थ बाध्यतालाई मनन गर्दै एकता गरिएको वाम एकताले नेपाली जनतामा मात्र होइन विदेशमा समेत यसको अपरिहार्यता महसुस गरिएको पाइन्छ ।

यद्यापि यो वाम एकतालाई लोकतान्त्रिक पार्टी दाबी गर्ने नेपाली काङ्ग्रेस एवं प्रधानमन्त्री शेरबहादुर देउवाको तत्कालीन समयको अधिनायकत्व लाद्नका लागि चालिएको कदमबाट नै नेपाली काङ्ग्रेस कतिसम्म लोकतन्त्रका विश्वास गर्छ भन्ने कुरा पुष्टि भएको छ । समान विचारधारा र एउटै गन्तव्य भएको पार्टीहरू मिल्नु कहाँबाट अलोकतान्त्रिक भयो । यसको उचित जवाफ कसैबाट आएको छैन । नेपालका राजनीतिक अवस्थालाई नजिकबाट विश्लेषण गर्ने हो भने यति धेरै राजनीतिक पार्टीहरू केका लागि भन्ने प्रश्न खडा भएको अवस्थामा यो वाम एकताले साच्चै सकारात्मक सन्देश दिएको छ । यो सँगै संविधानमा नै व्यवस्था गरिदिएको प्रत्यक्ष निवाचित भएको पार्टीलाई मात्र राजनीतिक पार्टीको मान्यता दिने नीति नियमले धु्रवीकरण प्रक्रियाले तीव्रता पाएको छ । यसले अब नेपालमा राजनीतिक पार्टीको सङ्ख्या मात्र होइन विचार र विकासको नारालाई पनि स्थापित गरिदिएको छ । संविधानको यो धारासँगै देशका विभिन्न क्षेत्रमा राजनीति गर्ने दलहरूलाई लोकतान्त्रिक तथा वाम पक्षधर भन्ने मा एकीकृत बनाउन बाध्य बनाइदिएको छ । जुन नेपालका सन्दर्भमा अति उत्तम व्यवस्था हो । यस पद्धतिले नेपाललाई विकास पथमा लैजानेछ ।

नीति, विचार र सिद्धान्तभन्दा पनि स्वार्थ र शक्तिमा रम्नेहरूलाई यो संविधानको व्यवस्थाले सीमित बनाइदिएको छ । अब नेपालका सन्दर्भमा कम्युनिस्ट पार्टी र लोकतान्त्रिक पार्टीबीच मात्र हुनेछ । जसले विकासमा प्रतिष्पर्धा गर्नेछ, आर्थिक समृद्धि, समानता, न्यायमा समान भूमिका स्थापित गर्छ । विचारको प्रतिष्पर्धा हुनेछ । नीति र विचारमा केन्द्रित रहेर बहस हुनेछ । यही प्रतिष्पर्धामा जनताका मन जितेर ठूलो राजनीतिक दल बन्नका लागि गरिने कर्म केवल जनताका पक्षका लागि हुनेछन् । आर्थिक र विकासमा केनिद्रत हुनेछन् । यो कार्य नेपालको सन्दर्भमा अनिवार्य आवश्यकता बनिसकेको छ । स्वच्छ प्रतिष्पर्धाबाट नेता र राजनीतिक दल चुनिने भएपछि देश विकासले तीव्रता लिनेछ । अनेकताका बीचमा रहेको र अनेकौँ सम्भावना बोकेको नेपाल जस्तो देशमा विचारले प्रधानता पाएमा विकासको मूल फुट्नेमा कुनै शङ्का छैन । बाहुबल र अस्वस्थ प्रतिस्पर्धाबाट गरिने राजनीति सधैँका लागि बन्द भएपछि विचार, क्षमता, कार्यकुशलतामा प्रतिष्पर्धा हुनेछ ।

योग्य व्यक्ति, विवादमुक्त, भ्रष्टाचारको दाग नलागेको व्यक्ति राजनीतिमा आउने भएपछि त्यसले गर्ने कर्म पनि स्वस्थ हुनेछ । जसले गर्दा रोजगारको ढोका खुल्नेछ । स्वास्थ्य, शिक्षा र रोजगारको चरम सन्तुष्टि र उपलब्धताले समुन्नत नेपाल निर्माण गर्नेछ । अहिलेको वाम एकतासँगै लोकतान्त्रिक दलहरूको एकताको प्रयासले पनि अब नेपाल समृद्ध र विकासको पथमा लम्कँदैछ भन्ने कुरालाई चित्रित गरेको पाइन्छ । अबको बाटो भनेको कम्युनिस्ट भर्सेज लोकतान्त्रिक शक्ति नै हुनुपर्दछ, त्यो मार्ग्चित्र बन्दै गइरहेको छ । जसले जनताको मन, विकास, आर्थिक समृद्धि र समानता, शिक्षा, स्वास्थ्य, रोजगारी र सुरक्षाको ग्यारेन्टी गर्न सक्दछ उसको राजनीतिक पार्टी स्थापित हुन सक्दछ । नेपालका सन्दर्भमा यो कम्युनिस्ट र लोकतान्त्रिक दुई दलको स्थापनाले नै देशको मुहार फेर्न सक्दछ । न्धान गरिरहेको छ । रातो पार्टी